'गिजाबाट रगत आउनु अन्य रोगको संकेत हो' | Khabarhub Khabarhub

‘गिजाबाट रगत आउनु अन्य रोगको संकेत हो’

‘दाँत माझ्न नजान्दा गिजाको समस्या आउन सक्छ’


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मानिसहरूमा गिजाको समस्या दिनानुदिन बढिरहेको छ । गिजाबाट रगत बग्ने समस्यालाई सामान्य रुपमा लिने गरेको पाइएको छ । तर, यसको परिणाम पछि निकै भयावह हुन सक्ने चिकित्सकले जनाएका छन् । जनावरी ८ मा गिजा दाँत र यो सँग सम्बन्धित अन्य रोगको बारेमा जनचेतना फैलाएर राष्ट्रिय गिजा दिवस पनि मनाइन्छ । तर, पनि सोचेको जति प्रतिफल आउन सकेको छैन । यसै विषयमा आधारित भएर वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

गिजाबाट दाँत माझ्दा वा अन्य समय रगत किन आउँछ ?
मुखमा फोहोर जम्मा भयो भने रोग निम्तिन्छ । रगत आउने स्वास गन्हाउने फोहोरको कारणले हुन्छ । तर, कहिले काही दाँत तथा मुखको स्वास्थ्यमा ख्याल नगरी हामी दिनको चारदेखि पाँच पटक खान्छौँ । यसरी खादा दुई पटक सफा गर्छौँ । त्यसमा सफा गर्ने सामग्री, तरिका र समय मिल्दैन । यसले गर्दा दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदा गिजामा इरिटेट हुन्छ । बोल्दा केही गर्दा लगभग ९५ प्रतिशतमा त्यसरी रगत आउने हुन्छ । पाँच प्रतिशतमा चाहिँ शरीसँग सम्बन्धित अन्य समस्याका कारणले रगत आउँछ ।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
तुलनात्मक रूपमा जुन सुकै मान्छेमा देखिन सक्छ । सबैले खाने भनेको मुखबाट नै हो र साथसाथै कहिले औषधि खाने पनि मुखबाट नै हुँदा समस्या सबैलाई हुन सक्ने भयो । शरीरमा केही दीर्घकालीन रोग सुगर, प्रेसर हुनेले त्यही अनुसारका औषधि खाइरहेका हुन्छन् । जसले गर्दा रगत जम्न नदिने हुन्छ। गिजाबाट रगत आउने हुन्छ । राम्रोसँग ब्रस गर्न नसक्नेमा यो समस्या धेरै हुन्छ।

कस्तो खाना खाँदा वा कस्तो लापर्बाही गर्दा समस्या आउने हो ?
रेसादार खानेकुराहरू खादा दाँत सफा गर्दछ । तर, गुलियो टाँसिने खान खाएपछि मुख सफा गर्ने वा कुल्ला गर्ने गरिएन भने रगत आउँछ । खाना खाएपछि मिलाएर सफा गरियो भने समस्या हुँदैन।

कहिले काँहि दाँत माझ्दा घोचेर वा नदुखी रगत आउने कारण के हो त ?
कहिलेकाहीँ चोटपटक लागेर वा ब्रस गर्दा गिजामा घाउ वा घोचेर रगत आउँछ । तर, हामीले दाँतका ५ वटा सतहहरू ध्यान दिएर सफा गरेनौ भने त्यहाँ फोहोर जम्मा भएर बस्छ र त्यसले समस्या सिर्जना गराउँछ । गिजा स्वस्थ छ भने त्यतिकै रगत आउँदैन । कुनै मुटुको, मस्तिष्कको लागि भनेर वा प्रेसरको औषधिहरू कुनै औषधि लिएको छ भने र कहिले काँहि वंशाणुगत रूपमा रगतको मात्र नजम्ने पनि हुन्छ । गिजाको रोग भन्दा पनि गिजाबाट रगत आउनु नै गिजामा समस्या छ भन्ने हो । तपाईँको शरीरमा रोग छ भनेर सङ्केत दिएको हो । कहिले काँहि ब्रस गर्दा घोचेर रगत आयो भने त्यो केही दिनमा निको हुन्छ । तर, पटक पटक आयो भने जाँच गर्नु पर्दछ । अस्पतालमा यसरी आएको बिरामीलाई हामीले स्केनिङ गर्ने भन्छौँ सफा गर्ने फोहोर निकाल्ने गर्छौ र एक दुई दिनमा निको हुन्छ । तर, शरीरसँग सम्बन्धित छ भने हामीले फिजिसियनलाई सिफारिस गर्छौ र के कारणले भएको पत्ता लाग्छ ।

अस्पताल नगई सिधै मेडिकलमा गएर औषधि खानु कतिको उपयुक्त छ ?
त्यसरी हुँदैन । उपचार गरे पो तुरुन्त रोक्न सकिन्छ । तर, रोग भित्र भित्र सर्दै जान्छ । पछि दाँत हल्लिने समस्या झन् बढ्ने हुन्छ ।

गिजाबाट रगत आउँदा पनि लापरबाही गर्दा पछाडिको जोखिम कस्तो हुनसक्छ ?
पछि गिजाले दाँत छोड्छ । किन त्यसको लागि नक्कली हाल्नु पर्दछ । नभए दाँतको महत्व जान्छ । मुखमा भएका सूक्ष्म जीवहरूलाई रक्तनलीमार्फत लगेर मुटु र फोक्सो सम्बन्धी समस्या, गर्भवतीमा महिना नपुगी बच्चा जन्मिने समस्या हुन्छ ।

उपचार गराइरहेकोले के–के कुरामा ध्यान दिने त ?
दिनको दुई पटक राम्रोसँग नरम ब्रसको प्रयोग गरेर तल माथि गरी सफा गर्ने गर्नुपर्छ । अन्य समयमा पनि नुन राखेर केही खाने बित्तिकै कुल्ला गर्ने गर्नुपर्छ । रेसादार हरियो सागपात फलफूल खाने, तातो धेरै चिसो गुलियो खाना धेरै नखाने गर्नुपर्छ । यसो गरे दाँत सम्बन्धी ८० देखि ८५ प्रतिशत रोग आफै निको हुन्छ ।

यस्तो कुनै पनि समस्या नदेखियोस् भनेर हामीले बिहानदेखि बेलुकासम्म के गर्नु पर्दछ ?
बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने, दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा २ वर्षको भएपछि मन्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्ने । जिब्रो पनि सफा गर्ने गर्नुपर्छ। अन्य समय मनतातो पानीमा नुन राखेर सफा गर्ने गर्नुपर्छ । अति साह्रो, पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने, सफा रहने र प्रत्येक छ महिनामा अस्पताल गएर दाँत तथा मुखको जाँच गर्ने, प्रयोग गरिरहेको ब्रसहरू मन्जनहरू पनि राम्रोसँग बुझेर राम्ररी प्रयोग गर्ने गर्नुपर्छ । दिनमा ८ मिनेट दाँत तथा मुखको सफा गर्दा जिन्दगी भर खाना चपाएर मजा लिएर खान सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : २९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक