लमजुङमा एक लाख ३३ हजार मतदाता « Khabarhub

लमजुङमा एक लाख ३३ हजार मतदाता


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्। स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्।

प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन्।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : २४ बजे

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र

आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा प्रेम चोपडाको स्माइलिङ खलनायकी

प्रेम चोपडा बलिउडका यस्ता कलाकार हुन्, जसको नाम सुन्दा सधैं

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही– सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा

पर्यटकको रोजाइमा सुनसरीको ‘बोराबाध’

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’