नेपाल गर्‍यो युक्रेनको पक्षमा « Khabarhub

नेपाल गर्‍यो युक्रेनको पक्षमा


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औँ आपत्कालीन विशेष सत्रमा नेपालले युक्रेनलाई साथ दिँदै रुसका विरुद्ध उभिएको छ।

११औँ आपत्कालीन विशेष सत्रको १३औैं र १४औँ बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो।

रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो।

महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ।

महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो। मतदानमा १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए।

मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र अनुपस्थित भएका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : २९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल