चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार « Khabarhub

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।

‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाइने विज्ञापनलगायतमा पनि मैले सहजीकरणका लागि पहल गरिरहेको छु ।’

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने विषयमा गहन छलफल भयो । सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गरेका छन् । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुसी छु ।’

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : ३३ बजे

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी