अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह | Khabarhub Khabarhub

अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ ।

सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिनु भएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् ।

उहाँनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा बृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराए ।

सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरु तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् ।

उहाँले लेखेका छन्, ‘देशभरका सबै विद्यालयहरु तत्काल खुल्न आवश्यक छ, विद्यालय जान चाहेका सबै बालबालिकाहरुलाई विद्यालय गएर पढ्न पाउने व्यवस्था हुनुपर्दछ ।’

बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उहाँले आग्रह गरेका हुन् ।

अहिलेका बालिकाहरू भोलिका शिक्षिका, इन्जिनियर, चिकित्सक, सार्वजनिक सेवा प्रदायक, व्यवसायी, नेता आदि भएकाले उनीहरूलाई अहिले नै राम्रोसँग विकास गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : २९ बजे

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल