कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन | Khabarhub Khabarhub

कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ ।

तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर यसअघि गरिएको कारबाही फुकुवा गर्ने कांग्रेसले आज जनाएको छ ।

त्यस्ता विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाउनुपर्ने छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार बनेका पार्टी सदस्यलाई तोकिएको समय असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकाले त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले पार्टी सदस्यता नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : ४३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु