नेपालविरुद्ध हुने फुटबलका लागि पाकिस्तानी टोली घोषणा « Khabarhub

नेपालविरुद्ध हुने फुटबलका लागि पाकिस्तानी टोली घोषणा


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान फुटबल संघले आउँदो बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।

फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकटको मूल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेको छ।

नेपालले शुक्रबार पाकिस्तानविरुद्ध खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यस पटक टोलीको प्रीशषकमा प्रवेश कटुवाल रहेका छन् ।

पाकिस्तानी टोलीः

गोलकिपरः साकिब हानिफ, युसुफ इजाज बट, अब्दुल बासित

रक्षकः राओ उमर हायात, जेन उल अबादिन जुनियर, जुनैद शाह, सोहेल खान, अब्दुल्लाह शाह, सरदार वाली, हासिब अहमेद खान, मोमुन मोसा खान, अब्दुल्लाह इकबाल

मिडफिल्डरः उमर अली, जैनुल अविदिन सिनियर, अब्दुल कादिर खान, आलमगिर गाजी, मोहम्मद आदनान याकुव, अदनान सइद

स्ट्राइकरः मोहम्मद अफ्जल, हुसैन वासिर, मुहामेद वाहिद, वालिद खान, सायक दोस्त, आदिल युनुस

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : २५ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड