नेपालविरुद्ध हुने फुटबलका लागि पाकिस्तानी टोली घोषणा « Khabarhub

नेपालविरुद्ध हुने फुटबलका लागि पाकिस्तानी टोली घोषणा


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान फुटबल संघले आउँदो बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।

फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकटको मूल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेको छ।

नेपालले शुक्रबार पाकिस्तानविरुद्ध खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यस पटक टोलीको प्रीशषकमा प्रवेश कटुवाल रहेका छन् ।

पाकिस्तानी टोलीः

गोलकिपरः साकिब हानिफ, युसुफ इजाज बट, अब्दुल बासित

रक्षकः राओ उमर हायात, जेन उल अबादिन जुनियर, जुनैद शाह, सोहेल खान, अब्दुल्लाह शाह, सरदार वाली, हासिब अहमेद खान, मोमुन मोसा खान, अब्दुल्लाह इकबाल

मिडफिल्डरः उमर अली, जैनुल अविदिन सिनियर, अब्दुल कादिर खान, आलमगिर गाजी, मोहम्मद आदनान याकुव, अदनान सइद

स्ट्राइकरः मोहम्मद अफ्जल, हुसैन वासिर, मुहामेद वाहिद, वालिद खान, सायक दोस्त, आदिल युनुस

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : २५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी