तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात « Khabarhub

तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ ।

२०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मूल्य बराबरको टुथब्रस आयात गरेको हो ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस विभिन्न देशबाट नेपाल भित्रिएको छ ।

नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ ।

नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : २६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको