चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ | Khabarhub Khabarhub

चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ

‘चुरोट खानेहरूलाई त औषधि उपचारले सञ्चो हुँदैन’


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थाल्ने अवस्था बाथ रोग हो । नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोग समेत भनिन्छ । बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ । तर यो मात्र सत्य कुरा भने होइन । धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो । युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अङ्गमा समेत असर पारेको हुन्छ । युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ । यसै विषयमा आधारित रहेर वरिष्ठ बाथ रोग विशेषज्ञ डाक्टर विनीत वैद्यसँग त्रिगुना भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

जाडोमा बाथ रोगको जोखिम कति हुन्छ ?
बाथ रोग भनेको हाम्रो रोग निरोधक शक्तिले हामीलाई बचाउनु पर्नेमा कुनै कारण बस आफै अङ्गहरूमा असर गर्दै गयो भने बाथ रोग हो । यो खानपानले भन्दा पनि धुलो धुँवा र वंशाणुगत कारणले पनि हुने गर्दछ । चिसो वातावरणमा हाम्रो हातखुट्टामा रगत राम्रोसँग सञ्चार हुँदैन र चिसोमा रुघाखोकी लगायतका इन्फेक्सनहरू हुन्छन् र इन्सफेक्सन हुँदा रोग प्रतिरोध शक्ति बढ्छ र त्यसले आफ्नै शरीरको अङ्गहरूलाई असर गर्न थाल्छ । त्यो कारणले चिसो मौसममा बाथको लक्षणहरू बढी देखिएको छ । चिसोमा मात्र नभई चुरोटको धूवाँमा नबस्ने दाँतहरू किराले खाएको छ भने जँचाइ हाल्ने, महिलाहरू किचनमा काम धेरै गर्ने हुँदा महिलामा बढी देखिएको छ । त्यसको लागि चिसोमा पानीहरू चलाउँदा पन्जा लगाउने गर्दा रोकथाम गर्न सकिन्छ ।

यो के कारणले हुन्छ त ?

धेरै जसो बाथमा वंशाणुगत कारण हुन्छ । गठिया बाथ, युरिक एसिड बाथ, ढाडको बाथ बढी देखिन्छ । यस्तोमा धेरै वंशाणुगत कारणले देखा पर्दछ । र, रोगसँग लड्नु पर्ने हो त्यो नभएर आफ्नै शरीरका अङ्गमा असर गर्दछ ।

यसलाई रोकथाम गर्न सकिन्छ कि ?
बाथमा सेकेन्डरी कारणले रोकथाम गरिन्छ । यो लाग्नै नदिने भन्ने हुँदैन । तर यसलाई रोकथाम गर्न सकिन्छ । औषधिहरू खान सकिन्छ । कति बाथको रोगहरूले निमोनिया भएर आयु कम हुने हुन सक्छ । त्यसलाई रोक्न चाहिँ सकिन्छ ।

बाथ र दाँतको कस्तो सम्बन्ध छ ?
बाथ रोगमा गठिया बाथ जसले हाम्रो आँखा र मुख सुख्खा बनाउने हुन्छ । र दाँतको इनामेललाई सुकाउँछ । किराले खाएर कालो नै हुनु पर्दैन दाँतको तल क्याल्सियम बढ्छ र त्यो शरीर भित्र छिरे पछि शरीरमा असर गर्दछ ।

नेपालमा बाथ रोगीको अवस्था कस्तो छ ?
क्लिनिकमा आउने बाथ रोगलाई हेर्ने हो भने र हामीले गरेको अध्ययनलाई हेर्दा झन्डै नेपालीहरू २४ प्रतिशतमा बाथको लक्षण छ । र, त्यो मध्ये ८ प्रतिशत जतिमा मांसपेशी दुख्ने समस्या छ ।२० देखि २४ प्रतिशतमा हड्डी खिइने वा बाङ्गिने समस्या छ । त्यसैले नेपालीहरूमा झन्डै ६० प्रतिशत जतिमा बाथको समस्या भएको अनुमान गर्न सकिन्छ ।

कुन अवस्थामा अस्पताल आउँछन् त बिरामीहरू ?
यो जति यसको पहिला पत्ता लगायो त्यति नै राम्रो हो । त्यसैले यो बाथ रोग हो भनेर पहिचान गर्नेको कम जनशक्ति छ । लक्षण सुरु भएको ३ महिना भित्र पहिचान गरेर उपचार गर्याे भने १ वर्ष भित्र औषधि खाँदा निको हुन्छ । पछि समय बढ्दै जाँदा औषधि पनि महँगो र पुरै निको पनि हुँदैन ।

सबै बाथको लक्षण एउटै हुन्छ त ?
समग्रमा सबै बाथमा जोर्नी दुख्ने हुन्छ, कसैको मिर्गौलामा फेल भएर पिसाबका प्रोटिन जान्छ कम उमेरमा नै, कसैको कसैको टिभीको उपचार नभएर पछि जाँच गर्दा बाथ पता लाग्छ । तर प्रमुख लक्षण भनेको जोर्नीहरू नै दुख्ने हुन्छ । बाथको प्याकेजका आधारमा हामीले कुन बाथ भनेर थाहा पाउँछौँ ।

गठिया बाथ भनेको के हो त ?
गठिया बाथ विशेष गरी १५ देखि ४५ वर्षको महिलाहरूमा धेरै देखिन्छ । बिहान उठ्दा हात खुट्टा कक्रक्क हुन्छ सुरु सुरुमा बिहान एक छिन जोर्नी दुख्ने हुन्छ र पछि पछि दिनभरि नै दुख्छ । यो सुरुको ३ महिनामा नै पहिचान भयो भने निको पूर्ण रूपमा निको हुन्छ ।

यो महिलाहरूमा नै बढी हुने कारण हो हो त ?
युरिक एसिड र ढाडको बाथ पुरुषमा हुन्छ । बाँकी बाथहरू महिलाहरूमा धेरै हुन्छ । यो हर्मनको कारणले पनि यस्तो हुन्छ । हर्मन इम्ब्यालेन्स गर्भवतीको कारणले महिलाहरूमा बढी हुन्छ ।

अवस्था बिग्रिएर जटिल भएपछि यसको उपचार पद्धति कस्तो हुन्छ ?
अहिले बाथ रोग सुरुमा पता लगाउने पद्धति र औषधिहरू धेरै छन् । दुखेर मात्र आउने को भोलि भित्री अङ्गमा असर गर्छु कि भनेर हेर्ने प्रविधिहरूमा पनि हुन्छ । अरू कुनै पद्धतिबाट नदेखिने त्यस्तो बाथ देखिने थर्मलिमेजी पनि नेपालमा ल्याउन खोजेका छौँ । त्यस्तो प्रविधिहरूले पहिला नै पहिचान भएका छन् । पहिचान नभएर मिर्गौलामा असर गरेको डाढ बाँगिसकेको, घुँडा फेर्नु पर्ने अवस्था आयो भने मंहगो औषधि चलाउनु पर्दछ ।

यो चिसोमा बाथबाट बच्न कस्तो खानपान गर्ने ?
चुरोटको धुवाँमा नबस्ने । यो धेरै हानिकारक हुन्छ । चुरोट खानेहरूलाई त औषधि नै नलाग्ने हुन्छ । चिसोमा नबस्ने । खाने कुरा के कस्तो कारण हेरेर डाक्टरले भन्नु हुन्छ । अरू खाँदा हुन्छ । दुखाइ भए पछि खाना धेरैले बाँड्नु हुन्छ । धेरैको धारण युरिक एसिड भएकोले गेडागुडी खानु हुँदैन भन्ने छ तर खान हुन्छ । रातो मासु र अल्कोहलहरू नखाने ।

जोर्नीहरू चिसोले दुखेको र बाथ रोगले दुखेको कसरी थाहा पाउने त ?
बाथको लक्षण पहिचान गर्न सजिलो छ । बाथको बिहान उठ्दा समस्या छ वा सुते पछि दुख्ने आराम गरे पछि दुख्ने काम गर्दै जाँदा सजिलो हुन्छ भने बाथ हुन सक्छ । राति, बिहान र चिसोमा गार्हो हुन्छ भने बाथ हो भनेर बुझ्नु पर्दछ ।

बाथ रोगसम्बन्धी आम मानिसले नजानेको र बुझ्नै पर्ने केही छ ?
अन्ध विश्वास धेरै छ जस्तो गेडागुडी खानु हुँदैन भन्ने । जाँच्ने उपकरणहरू धेरै छन् सजिलो उपायहरू औषधिहरू छन् । एक जना डाक्टरले मात्र बाथ रोगको उपचार हुँदैन त्यो एउटा टिमले नै उपचार गर्ने हुँदा राम्रो र बसै समस्या थाहा हुन्छ ।

ग्रामीण भेग सबै समेटेर बाथ रोगीको लागि सरकारले के गर्दिए सजिलो हुन्थ्यो त ?
बाथ रोगको विशेषज्ञहरूको कमी धेरै छ । बिमा मा पनि बाथ रोगलाई परिदिन सक्यो भने मान्छेहरूले समय सम्म खान सक्छन् । सरकारी स्तरमा स्वास्थ्य कमीलाई नै तालिम दिन सकिन्छ ।

यसको लागि केही प्रयास गर्नु भएको छ
हामीले ठाउँ ठाउँमा शिविरहरू गराएका छौँ तर त्यसमा पहिचान गर्न धेरै उपकरण चाहिन्छ । त्यसको लागि सरकारको क्षेत्रबाट सहयोग भए धेरै सजिलो हुन्थ्यो । यसमा धेरै ध्यान गएको छैन । किन भने यसले तुरुन्तै मृत्यु नहुने कारणले पनि यो भएको हुन सक्छ । सबै जनाले बाथ रोगको जनचेतना फैल्याएर समयमा पहिचान गर्नु पर्दछ । बाथ रोगको उपचारका लागि धेरै उपकरणहरू। ल्याएर घरमा नै नबस्नु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : २२ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा