सी फेरि राष्ट्रपति बन्दा चीनमा बढ्यो चुनौति | Khabarhub Khabarhub

सी फेरि राष्ट्रपति बन्दा चीनमा बढ्यो चुनौति

कोभिडले नागरिकको जीवन अस्तव्यस्त, अर्थतन्त्र ध्वस्त



चिनिँया कम्युनिष्ट पार्टीको २० औं कांग्रेस विशुद्ध रुपमा राष्ट्रपति सी चिनपिङकै वरिपरि केन्द्रित रहेको पाइयो । हुन त सन् २०१७ मा भएको पार्टीको १९ औं कांग्रेसको बैठकले नै प्रत्येक दश वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने चलिआएको संवैधानिक प्रावधान हटाइसकेपछि त्यतिबेला नै सी चिनपिङले आफू सधैँका निम्ति देशको राष्ट्रपति रही रहने संवैधानिक र कानुनी मार्गलाई आफ्नो निम्ति अनुकुल बनाउने काम गरिसकेका थिए ।

माओत्सेतुङझै आफ्नो विचारलाई पनि चीन भित्र र चीन बाहिरका कम्युनिष्टहरू माझ व्यापक रुपमा प्रचार गर्ने अभियान नै उनले चलाएका हुन् । माओत्सेतुङपछि आफूलाई चीनको सर्वाधिक शक्तिशाली नेता बनाउन सफल सीले देशको सबै भन्दा माथिका तीन महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा राख्ने भए ।

चिनियाँ कम्युनिष्ट पार्टीका मुख्य सचिव, चीनका राष्ट्रपति र चीनको सेन्ट्रल मिलिट्री कमिसनका अध्यक्षको पद विगत १० वर्ष देखि उनले आफ्नो नियन्त्रणमा राखेका छन् र आफ्ना इच्छा अनुसार राखिरहनेछ

पार्टी संगठनमा उनलाई चुनौती दिने साहस कसैलाई पनि छैन । तर वर्तमान अवस्थामा चीनले भोगिरहेका कठिन चुनौतीहरूको मुकाबिला गर्न सी चिनपिङलाई असहज र कठिन अवश्य पनि भइरहेको छ ।

पहिलो त कोभिड-१९ को बढ्दो घटना र यसबाट उत्पन्न गम्भीर आन्तरिक चुनौती, रियल स्टेट कम्पनी एभरग्रेण्ड माथि आएको वित्तिय संकट र देशको घट्दो आर्थिक वृद्धिदर साथै बिजुलीको उत्पादनमा आएको कमीका कारण कतिपय शहरी क्षेत्रमा लोडसेडिङ्गको बढ्दो घटना र बीआरआई अन्तरगत लगानी गरिएका ऋण उठ्न नसक्ने अवस्थाका अतिरिक्त ताइवान संकट पनि रहेको छ । उपरोक्त चुनौतीहरू सीका निम्ति प्रत्येक पाइलामा कठिन समस्या सावित हुने निश्चित छ ।

कोभिड १९ महामारी विरुद्धको विश्वव्यापी लडाइमा चीनले आफूलाई स्वघोषित नेता बनायो । स्वास्थ्य संकटको महाविनाशका लागि विश्व समुदायसित हातेमालो गरी अगाडि बढ्नुपर्नेमा चीनले आफूलाई विश्वको अगुवा र विजेता सावित गर्न स्वास्थ्य संकटमा पनि खोप कुटनीतिको प्रयोग गर्न समय गुमाएन ।

विशेष रुपमा विश्व कोरोना संकटका बेला लकडाउनमा दुःखद दिन बिताइरहेको बखत चीनले आफ्नो देशको शपिङ मल, स्वीमिङ पुल र थिएटरलाई खुला गरी कोरोनामुक्त भएको दाबी गरेको थियो ।

सार्वजनिक स्थलहरुमा भिड देखाएर आफ्नो देशलाई कोभिड–१९ ले छुन पनि नसकेको संकेट दिन खोजेको थियो । जब सन् २०१९ को डिसेम्बरमा कोरोनाको पहिलो लक्षण चीनको वुहानमा देखिएको थियो । त्यतिबेला चीनले ध्यान दिएन । तर आज जब एक दिनमा ४० हजार कोभिड–१९ का पोजिटिभ चीनमा फेला परिरहेको छन् ।

आज जब पुरा विश्व लकडाउनबाट मुक्त भई खुल्ला जीवन बिताईरहेको छ । तब चीनमा भने सरकारले लागू गरेको कोभिड शून्य नीतिको कारण कलकारखाना र उद्योग–व्यापार बन्द परेका छन् । जनता घरमा थुनिन बाध्य भएका छन् ।
लकडाउनका कारण घरबाट निस्केर उपचार गराउन नसकेका कारण एक जना जलेर मरेपछि संघाई क्षेत्रका जनता हजारौँको सङ्ख्यामा सडक प्रदर्शनमा आई सरकारको नीतिको विरोध गर्दै राष्ट्रपति सी चिनपिङको राजीनाको माग पनि गरिरहेका छन् ।

चीनका कतिपय प्रमुख शहरहरू सहित ग्रामीण भेगमा पनि लकडाउन लागू गरेको अवस्था छ । संघाई, शिनजियाङ, बेइजिंग लगायतका शहरी क्षेत्रमा लकडाउनको विरोधमा जनता सडकमा आउनु चीनको कोभिड १९ बिरोधी अभियानको असफलताको प्रमाण हो । अब त्यहाँका जनता कोभिड-१९ को टेस्टिङ दिन तयार छैनन् ।

चिनिँया खोप सिमोम्याकसिनोफार्म पनि त्यति बढी प्रभावकारी साबित भएन । जर्मन फाइजर बायोटेक जस्ता अन्य मिरना खोपहरूको तुलनामा चिनियाँ खोपहरू प्रतिरक्षा प्रदान गर्ने मामिलामा कुनै प्रभावकारी सावित भएको अवस्थामाले नै देखाएको छ ।

अमेरिका, भारतीय र जर्मनका खोपहरुको तुलनामा चिनिँया खोप त्यति बढी प्रभावकारी सावित भएन होइन भने चीनमा कोभिड–१९ को लक्ष्ण अहिले किन देखा पर्दथ्यो ? र, देशमा लकडाउन लगाई व्यापक रुपमा अनिवार्य टेस्टिङ किन चलाइन्छ ? चिनिँया सरकारको कोभिड शून्य नीति पनि अहिलेसम्म त सफल सावित भएको देखिएन् ।

विश्वव्यापी आपुर्ति शृङ्खलाको पूर्ण अवरोधका साथ चीनले विश्वव्यापी वित्तिय बजारमा तुल्य वृद्धि गर्दै ठूलो मात्रामा वस्तुको अभाव सृजना गर्‍यो । वर्तमान अवस्थामा ती सबै पीडित देश अहिले चीनको विरोधमा छ । चीनमा निर्यात गर्दा पनि सोही नीति लागू गर्ने मानसिकता बनाएका छन् ।

चिनियाँ अर्थतन्त्रमा हालको तनावले पनि देशको रियल स्टेट संकटमा परेको छ । चिनिँया हङकङसंग रियल स्टेट क्षेत्रमा ५ मिलियन एम्सपोजर छन् जसको ५५ ट्रिलियन रकम धितो ख्णमा छ ।

मानिसहरूले बहिष्कार गर्दा ३०० मिलियन डलर ऋण ठूलो असर पनि सक्दछ । आवास संकटले सरकारको जग्गा बिक्रीबाट हुने आम्दानीमा केही कमी आएको छ , जुन २०२२ मा ३२ प्रतिशतले ह्रास आएको छ ।

चीनमा आर्थिक संकट आउने भविष्यवाणी त विश्वजगतले नै गर्दै आएको हो । कोभिड नीति खुकुलो नभएसम्म चीन आर्थिक प्रगतिको बाटोमा फर्किन सक्दैन । चीन चाहेर पनि लकडाउन हटाउन सक्दैन किनभने उसको थप असफलता देखा पर्न सक्नेछ । खोपको प्रभावकारिताको अभावले चीनमा ठूलो बहुआयमिक संकटमा पारेको छ ।

महामारीका कारण विश्व समुदायको आर्थिक अवस्था कमजोर हुने र आफू विश्वकै शक्तिशाली अर्थतन्त्र बन्ने उसको सपनामा अब बज्रपात भएको छ । चीनको गौरव मानिएको चाइना रेलवे र चाइना एयरवेज पनि घाटामा चलिरहेको छ । रियलस्टेट कम्पनी एभरग्रैण्ड माथि आएको यो वित्तिय संकट सामान्य होइन ।

सन् २०००-२०२० को अवधिमा चीनको सबैभन्दा बढी आर्थिक वृद्धिदर राष्ट्रपति हु-जिन्ताओको १० वर्षे कार्यकाल (सन् २००२–२०१२) मा थियो । त्यतिबेला चिनियाँ आर्थिक वृद्धिदरले १४ प्रतिशतको उचाईलाई छोएको थियो । तर सी चिनपिङ राष्ट्रपति भएपछि यो विकास दर द्रुतगतिमा घट्दै गएर कोरोना महामारीको समय सन् २००२ मा आर्थिक वृद्धिदर २ प्रतिशतको रह्यो ।

सन् २०२०-२०३० को अवधिमा चीनले अमेरिकालाई उछिनेर विश्वको अग्रिम राष्ट्र हुन्छ भने अनुमान गरिएको थियो तर आजको स्थितिमा चीनले अमेरिकालाई उछिन्न अझै ४० वर्ष लाग्ने अनुमान पनि गरिन्छ ।

चिनियाँ विकासको जुन प्रचार प्रसार गरिएको थियो त्यो यथार्थ भन्दा कोसौ टाढा पुग्न गएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कांग्रेसमा तिनै हु- जिन्ताओलाई अपमानजनक तरिकाले बाहिर निकाल्ने काम भयो ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्वाकांक्षी आर्थिक परियोजना बीआरआई पनि असफल भइरहेको अवस्था छ । बीआरआईलाई चीनले आफनो अतिरिक्त अथवा सरपलस पूँजीको लगानीको निम्ति बनाएको थियो ।

बीआरआई अन्र्तगत चीनले विश्वका कमजोर, गरीब र युद्ध तथा ग्रहयुद्धले कमजोर देशमा विभिन्न आधारभुत संरचनाको निर्माण गर्न ठूलो आयतनको ऋण प्रवाह गर्‍यो ।

यस परियोजनाबाट स्थानीय देशलाई लाभ पुग्नै उसको ठहर थियो तर यस अन्तरगत भएका भ्रष्टाचारका कारण ती देशहरू पनि यसको जिम्मेवारी बोक्न तयार भइरहेका छैनन् ।

बढी फाइदा देखाएर परियोजनाहरू लाई स्वीकृत गराइन्छ । तर यसको वास्तविकता थाहा भएपछि अब बीआरआईमा सम्मिलित आधिकांश देशहरू यसबाट पन्छिन खोज्दै छन् ।

पहिला माल्दिभसमा चीन समर्थक प्रोग्रेसिभ पार्टीको सरकारका पालामा बीआरआई लाई स्वीकार गरिएको थियो । तर निर्वाचन पछि सरकारमा आएको माल्दिभ्स डेमोक्रेटिक पार्टीले चुनावमा सफलता हासिल गरेपछि त्यहाँ बिआरआईको विरोध भइरहेको छ ।

मलेसियाली प्रधानमन्त्रीले त बीआरआई उपनिवेशवादको नयाँ स्वरुप घोषित गरेका छन् । म्यानमारले पनि कयौकम्पु बन्दरगाह परियोजनालाई स्थगित गरेको छ । श्रीलंका, पाकिस्तान र बंगलादेशले पनि परियोजनाहरूको ढाँचामा परिर्वतन लगाउन माग गरेको छ ।

हाम्रो देशले पनि अनुदानलाई स्वीकार गर्ने तर बीआरआई अन्तरगतको ऋण न लिने सन्देश दिई सकेको छ । बीआरआई अन्र्तगत भएको अत्याधिक लगानीको चिन्ताले ग्रसित सिपिसिका कतिपय नेता पनि सी चिनपिंगको यस नीतिको विरोधमा रहेका छन् ।

चिनियाँ उर्जा विशेषत प्रो.जान गौन्जका अनुसार विगत ३०-४० वर्षमा चीनमा यस्तो खालको उर्जा संकट कहिल्यै नदेखिएको भन्दै अफ्रिकी गरीब देशहरु जस्तो चीनमा उर्जा संकट हुनुलाई आफ्ना बाल्यकालको दिनको रुपमा सम्झना गरेका छन् ।

हाल चीनको उत्तरी पूर्वी र दक्षिणी प्रान्तमा व्यापक मात्रामा बिजुली कटौती भइरहेको छ यसले गर्दा कारखानाको कामको समयमा कटौती भइरहेको छ । एकातिर रोजगारमा कटौती भइरहेको छ भने अर्कोतिर कारखानामा कम उत्पादन हुँदा निर्यात प्रभावित भएको छ ।

विश्व बजारमा माग अनुसारको आपूर्ति नभएपछि चीनको विश्वसनियतामा असर परेका छ । एप्पल कम्पनी चीनबाट आयात गर्ने सम्भावना बढेको छ । चीनमा २ लाख कामदारको रोजगारी गुमेको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङसामु अनेकौं चुनौती रहेका छन् । जसको सामना गर्न उनर्ला सहज हुने छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : २६ बजे

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं – सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको