आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने « Khabarhub

आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लामा रहेका आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो । 

सबै केन्द्रका समन्वयात्मक बैठक तथा विपद्जन्य पुननिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहमा रहेको आपतकालीन सञ्चालन केन्द्रलाई प्रभावकारी र क्रियाशील बनाउन निर्देशन दिएका छन् । ‘स्थानीय तहमा रहेको आपतकालीन सञ्चालन केन्द्र प्रभावकारी र सक्रिय बनाउनुस्, तत्काल विपद्जन्य घटनामा उद्धार, सहयोग र राहत तथा अनुदान उपलब्ध गराउन सक्नुपर्छ’, उनले भने । सोमबार भएको कार्यक्रममा जिल्लास्थित १३ स्थानीय तहका सरोकारवाला तथा स्थानीयस्तरका गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए ।

प्रजिअ पाण्डेका अनुसार मनसुनजन्य, आगलागीजन्य, निजी आवास पुननिर्माण र पुनःस्थापना अनुदानमा प्राविधिक, आर्थिक र भौतिक सहयोगका लागि स्थानीय सञ्चालन केन्द्र प्रमुख जिम्मेवार रहन्छ । साथै स्थानीय सञ्चालन केन्द्रबाट सिफारिस नहुँदासम्म विपद्जन्य घटनामा राहत तथा अनुदान उपलब्ध गर्न सकिँदैन । यस्तै जिल्लामा हुने विपद्सम्बन्धी सूचना संकलन गरी दैनिक केन्द्रीय आपतकालीन केन्द्रमा पठाउने गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँले जिल्लास्तरमा रहेको आपतकालीन सञ्चालन केन्द्र क्रियाशील बनाउन सहजीकरण गर्दै आएको हो । प्राधिकरणले केन्द्रका प्राविधिकले कार्यविधिमा रहेको निर्देशनबमोजिम काम गर्न तथा विपद्जन्य घटनामा नागरिकलाई पुनःस्थापना तथा पुनःनिर्माणमा सहज वातावरण निर्माण गर्न आग्रह गर्दै आएको छ । प्राधिकरणको कार्यविधिमा प्राविधिकको पूर्ण विवरणबिना स्थानीय तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रले अनुदान उपलब्ध गराउन नसक्ने भएकाले सत्यतथ्य र जिम्मेवारपूर्ण भएर नागरिकको सेवा गर्न तोकिएको कार्यविधिलाई पालना गर्नुपर्ने उल्लेख छ ।

काभ्रेका विभिन्न स्थानीय तहमा भिन्न प्रकारका विपद्जन्य घटना हुँदै आएकाले त्यसको रोकथाम र विपद्पछिको उद्धारका लागि आवश्यक योजनासहितको तयारी गरिएको प्रजिअ पाण्डेले बताए । जिल्लामा सडक दुर्घटना, बाढी तथा पहिरो, चट्याङ, आगलागीलगायतका घटना भइरहेको तथ्यांकले देखाएको छ । काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन तथा आपतकालीन केन्द्र सञ्चालनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको विभाग क्रियाशील रहँदै आएको छ ।

विपद्मा परेका नागरिकका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय आपतकालीन सञ्चालन केन्द्रले ५० हजार राहत उपलब्ध गराउँदै आएको छ । यस्तै आवास निर्माणार्थ जमिन नभएकालाई तीन लाखसम्म उपलब्ध गराउने व्यवस्था छ भने बेपत्ता भएकाको परिवारलाई मृत्यु भएकोसरह राहत उपलब्ध गराउने व्यवस्था छ । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ३६ बजे

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव