तीन कार्यालय पुनःस्थापना गर्न माग « Khabarhub

तीन कार्यालय पुनःस्थापना गर्न माग


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।  

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

उनले भने, ‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ’, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ’, उनले भने, ‘इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’ ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो’, उनले भने । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर-५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा नं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् ।

सशस्त्र द्वन्द्वका बेला विस्थापित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासँगै अहिले सडक, बिजुलीलगायतको व्यवस्था भइसक्दा समेत यी कार्यालय स्थापना नहुनुमा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४४ बजे

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल

बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा

काठमाडौं- अखिल नेपाल बुद्धिचाल महासंघको साधारण सभा दुई स्थानमा भएको

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

नेपालगञ्ज– बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि