तीन कार्यालय पुनःस्थापना गर्न माग « Khabarhub

तीन कार्यालय पुनःस्थापना गर्न माग


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।  

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

उनले भने, ‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ’, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ’, उनले भने, ‘इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’ ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो’, उनले भने । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर-५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा नं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् ।

सशस्त्र द्वन्द्वका बेला विस्थापित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासँगै अहिले सडक, बिजुलीलगायतको व्यवस्था भइसक्दा समेत यी कार्यालय स्थापना नहुनुमा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४४ बजे

सिटमा कुरो नमिलेपछि नेकपाले राष्ट्रिय सभामा छुट्टै उम्मेदवार उठाउँदै

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेकपाले छुट्टाछुट्टै उम्मेदवार लिएर जाने भएको

समता स्कुललाई कम्प्युटर हस्तान्तरण

भोजपुर– प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको

पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र

तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टार ‘मिरमिरे’को ट्रेलर

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना