स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक « Khabarhub

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । 

आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताए । ‘सडक १५/१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,’ उनले भने । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ ।

सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ । ‘सडक हिलाम्य छन्, बजारका सबै सडक एकै पटक भत्काइएको छ, विद्युत् र टेलिफोनका पोल सडकमै छन्,’ स्थानीय करवीर धामीले भने , ‘दैनिक आवातजावत हुने बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले सडक निर्माण गर्दा आवातजावतमा समस्या भएको छ ।’

बजार क्षेत्रमा व्यवस्थित तरिकाले विकास निर्माणको काम गर्दा सास्ती भइरहेको कर्णप्रसाद भट्टले बताए । ‘विकास निर्माणको काम हुनु राम्रो हो, तर एकै पटक सबै सडक भत्काउँदा हिँड्डुलमा समस्या भइरहेको छ,’ उनले भने, ‘एउटा गल्लीको काम सकेर अर्कोमा पालैपालो काम गर्नुपर्थ्यो, तर अस्तव्यस्त तरिकाले काम भइरहेको छ ।’ सडक स्तरोन्नतिको काम हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सर्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ०० बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा