जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम « Khabarhub

जुम्लामा बालविवाहविरुद्ध सचेतना कार्यक्रम


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ ।

बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको दाबी छ ।

“हिमा गाउँपालिकामा महिला सञ्जाल, सिञ्जामा अपाङ्गता सञ्जाल र कनकासुन्दरी गाउँपालिकामा दलित समूहसँगको समन्वयमा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने ।

सुरक्षित विद्यालय, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना, युवा, महिला, बालबालिकालाई स्थानीयस्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत् सामाजिक विकृति हटाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ५१ बजे

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन

विश्वकप खेल्ने स्पेनी टोलीको घोषणा, बार्सिलोनाका मात्रै ८ जना खेलाडी

काठमाडौं- यसै वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा

सी जिनपिङ–शाहबाज सरिफ भेट, मध्यपूर्व शान्ति प्रयास केन्द्रमा

बेइजिङ– मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब