अरुणाञ्चलको सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप | Khabarhub Khabarhub

अरुणाञ्चलको सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

सीमाक्षेत्रमा भएको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको भनिएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ ।

डिसेम्बर ९ को मुठभेडले ‘दुवै पक्षका केही व्यक्तिलाई सामान्य चोटपटक’ लागेको र झडपपछि दुवै पक्ष ‘तत्काल सो क्षेत्रबाट पछि हटेको’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । झडप भएको खबर सार्वजनिक भएसँगै भारतको प्रतिपक्षी दल कांग्रेसले भने सरकारले संसदमा घटनाबारे छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने टिप्पणी गरेको थियो ।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूको सामना गर्न तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले लेखेको छ ।

सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दुस्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’