एक दिनमा ३० लाख ४० हजार कोरोना संक्रमित थपिए, झण्डै ७ हजारको मृत्यु « Khabarhub

एक दिनमा ३० लाख ४० हजार कोरोना संक्रमित थपिए, झण्डै ७ हजारको मृत्यु

११ लाख ११ हजार जना कोरोनामुक्त


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् ।

यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् ।

यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन् भने ६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् ।

कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटलीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन् ।

 

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : १९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर