सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीद्वारा छलफल « Khabarhub

सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीद्वारा छलफल


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गरेका छन्।

सो अवसरमा उनीहरूले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाएका छन् ।

‘विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल-प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गर्नुभयो,’ प्राइसले बिहीबार उल्लेख गरेका छन्।

कूटनीतिज्ञहरूले जोर्डनको आर्थिक बृद्धि र अवसरलाई विस्तार गर्ने, पानीमा पहुँच सुरक्षित गर्ने सुधारहरू गर्ने आवश्यकताबारे पनि छलफल गरेको जनाइएको छ।

मङ्गलबार जोर्डनका प्रधानमन्त्री बिशेर अल खसावनेहले अम्मोन न्यूजसँगको अन्तर्वार्तामा आफ्नो देशले सिरियाली सरकारसँग मेलमिलापका लागि छलफल गर्न गोप्य च्यानलहरू खोलेको अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ०० बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि