सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीद्वारा छलफल « Khabarhub

सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीद्वारा छलफल


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गरेका छन्।

सो अवसरमा उनीहरूले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाएका छन् ।

‘विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल-प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गर्नुभयो,’ प्राइसले बिहीबार उल्लेख गरेका छन्।

कूटनीतिज्ञहरूले जोर्डनको आर्थिक बृद्धि र अवसरलाई विस्तार गर्ने, पानीमा पहुँच सुरक्षित गर्ने सुधारहरू गर्ने आवश्यकताबारे पनि छलफल गरेको जनाइएको छ।

मङ्गलबार जोर्डनका प्रधानमन्त्री बिशेर अल खसावनेहले अम्मोन न्यूजसँगको अन्तर्वार्तामा आफ्नो देशले सिरियाली सरकारसँग मेलमिलापका लागि छलफल गर्न गोप्य च्यानलहरू खोलेको अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ०० बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित