सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति, सुनील शर्माको फरक मत « Khabarhub

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति, सुनील शर्माको फरक मत


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र नोबेल कलेजले चर्को शुल्क असुल गरेको भन्दै आन्दोलन गरिरहेका बेला शिक्षा मन्त्रालयले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सर्वपक्षीय बैठक गरेको थियो ।

चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको बैठकले पाँच बुँदे सहमति गरेको हो । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा सहमति भएका छन्।

तर सो सहमतिमा केएमसी तथा नोबेलका संचालक सुनील शर्माले भने फरक मत राखेका छन्। उनले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राखेका हुन्।

शर्माले ऐनको भावना अनुरुप शुल्क निर्धारण हुनुपर्ने र यस शैक्षिक सत्रमा खालि रहेका ४ हजार सिटलाई सम्बोधन हुने गरी पुनः परीक्षा अथवा अन्य कुनै व्ववस्था गरी रिक्त सिट पुरा गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्ने मत राखेका छन् । यो बैठकपछि शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५५ बजे

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ

सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु : प्रधानन्यायाधीश शर्माले

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई