सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति, सुनील शर्माको फरक मत | Khabarhub Khabarhub

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति, सुनील शर्माको फरक मत


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र नोबेल कलेजले चर्को शुल्क असुल गरेको भन्दै आन्दोलन गरिरहेका बेला शिक्षा मन्त्रालयले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सर्वपक्षीय बैठक गरेको थियो ।

चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको बैठकले पाँच बुँदे सहमति गरेको हो । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा सहमति भएका छन्।

तर सो सहमतिमा केएमसी तथा नोबेलका संचालक सुनील शर्माले भने फरक मत राखेका छन्। उनले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राखेका हुन्।

शर्माले ऐनको भावना अनुरुप शुल्क निर्धारण हुनुपर्ने र यस शैक्षिक सत्रमा खालि रहेका ४ हजार सिटलाई सम्बोधन हुने गरी पुनः परीक्षा अथवा अन्य कुनै व्ववस्था गरी रिक्त सिट पुरा गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्ने मत राखेका छन् । यो बैठकपछि शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५५ बजे

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव