नारायणहिटी प्रकरण : निजी क्षेत्रको मानमर्दन भएको उद्योग वाणिज्य महासंघको टिप्पणी « Khabarhub

नारायणहिटी प्रकरण : निजी क्षेत्रको मानमर्दन भएको उद्योग वाणिज्य महासंघको टिप्पणी


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालनको विषयलाई लिएर बतास अर्गनाइजेसमाथि एकतर्फी प्रहार भएको भन्दै उद्योग वाणिज्य महासंघले चिन्ता प्रकट गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल चिन्ता प्रकट गरेको छ।

बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएको जिकिर गरेको छ ।

महासंघले प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने भन्दै तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्ने बताएको छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु न्याय संगत नभएको महासंघले जिकिर गरेको छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्ने भन्दै महासंघले चिन्ता प्रकट गरेको छ । विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने भन्दै महासंघले व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहिँ कतैबाट पनि प्रहार नगर्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : १८ बजे

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता

काठमाडौं- हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी संकलन

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक