तराईका जिल्लाहरुमा सीके राउतको पार्टीको प्रदर्शन, भ्रष्टाचारीलाई लखेट्नुपर्ने राउतको उद्घोष « Khabarhub

तराईका जिल्लाहरुमा सीके राउतको पार्टीको प्रदर्शन, भ्रष्टाचारीलाई लखेट्नुपर्ने राउतको उद्घोष


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार विभिन्न माग राख्दै किसान आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले तराइका जिल्ला सदरमुकामहरुमा विशाल प्रदर्शन गरेको छ । पूर्वको झापादेखि बर्दियासम्म शुक्रबार जनमत पार्टीले प्रदर्शन गरेको छ ।

जिल्ला सदरमुकारहरुमा प्रदर्शनका क्रममा राउत भने सिराहा पुगेका थिए । सिराहमा प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले २२ दिनसम्म किसानले आन्दोलन गर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै आक्रोश पोखे । उनले किसानले अब भ्रष्टमन्त्री र नेताहरुलाई जनकारबाही गर्नुपर्नेसमेत उद्घोष गरे ।

उनले सिँचाइमा प्रयोग हुने विद्युतको मोटर समात्न आउने विद्युत प्राधिकरणका कर्मचारीमाथि जनकारबाही गरिने चेतावनीसमेत दिए । उनले राज्यले सिँचाइको सुविधान नदिने अनि किसाले पानी हाल्दा मोटर समात्ने भन्दै उनीहरुलाई जनकारबाही गर्नुपर्ने बताए ।

किसानका माग पूरा गर्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखी जनमत पार्टीले आन्दोलन गर्दै आएको छ । सरकारले माग पूरा नगरे अब राजमार्ग बन्दमात्र नगरिने राजमार्गमै खाना पकाएर खाने राउतले बताएका छन् ।

तस्वीरहरु: राउतको फेसबुकबाट

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ४५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको