५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय | Khabarhub Khabarhub

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।

अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले बुस्टर डोज लगाउने तयारी गरिरहेको छ । पछिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यस्तै सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि नै काठमाडौँमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधि नगर्न आग्रह गर्दै सीमा तोकेको छ ।

सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ४५ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।