आज २०७८ फागुन २ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ फागुन २ गते सोमबारको राशिफल


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन २ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

मेष : आजको दिन राम्रै छ । व्यापार व्यवसायको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । अल्छी नगर्नुहोला । वादविवाद र विद्याको क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । जोस र जाँगरका साथ काम गरेमा दोहोरा फाइदा हुनेछ । राजनीतिमा भने अगाडि नबढ्नुहोला ।

वृष : आजको दिन सामान्य राम्रो छ । बोलीको नियन्त्रण आफै गर्नुहोला । गणेश भगवान्को पूजा गर्नाले सबै दोष मुक्त हुने योग रहेको छ । अरु क्षेत्र सामान्य रहनेछ ।

मिथुन : दिन राम्रो नै छ । शैक्षिक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । जोस जाँगर बढ्नेछ । राजनीति क्षेत्रमा साथीभाइबाट साथ मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । उत्तर क्षेत्रको यात्रा गर्नु राम्रो हुन्छ । उच्च विचारको सृजना  हुनेछ । वैदेशिक क्षेत्रको नतिजा प्राप्त हुनेछ । सफलताको योग छ ।

सिंह : दिन सामान्य रहेको छ । पठनपाठनमा राम्रो छ । परीक्षाको तयारीमा हुनुहुन्छ भने सफल हुने योग छ । बोलीमा कटुताका कारण वादविवाद हुनेछ । सम्हालिएर बोल्नुहोला ।

कन्या : दिन सामान्य छ । दाजुभाइसँग टाढिएको सम्बन्ध सुधार हुने छ । त्यसका लागि प्रयास गर्नुहोला । पैतृक सम्पत्तिको हिस्साबाट सन्तोषजनक कामको थालनी हुनेछ ।

तुला : दिन निकै राम्रो छ । सामाजिक, राजनीतिक क्षेत्र सामान्य यावत रहे पनि धार्मिक क्षेत्र राम्रो छ । सूर्यलाई अर्घ दिएर कामको थालनी गर्नुहोला । पठनपाठनमा जाँगर चल्ने योग छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त गर्न सकिनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । खुसी मिल्नेछ । वैदेशिक क्षेत्रबाट शुभ समाचार सुन्न पाइन्छ । श्रमको लगानी उठ्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

धनु : दिन राम्रै छ । बोलीको प्रभावले समस्याको समाधान हुनेछ । परोपकारको योग छ । वैदेशिक क्षेत्रको लगानीमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ । स्वास्थ्य सामान्य देखिन्छ ।

मकर : दिन राम्रो छ । आफूभन्दा ठूला मानिसबाट प्रशंसा पाइनेछ । आर्थिक क्षेत्रमा फसेको लगानी उठ्नेछ ।

कुम्भ : दिन राम्रो छ । स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र सामान्य रहे पनि धार्मिक क्षेत्र राम्रो रहेको छ । खुसी मिल्ने योग छ । लगानीले उत्साह ल्याउनेछ । आफ्नो कामको लागि आफै अगाडि सर्नुपर्ने योग रहेको छ ।

मिन : दिन निकै राम्रो छ । अशुभ ग्रहले समेत शुभ फल प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । सबै राम्रो भएपनि सवारी साधन चलाउँदा सतर्कता अपनाउनुपर्ने देखिन्छ । यात्रा गर्दा सतर्कता अपनाउनुहोला ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : ५० बजे

शिक्षकलाई देशभर खटाउन आवश्यक : मन्त्री भट्टराई

त्रिशूली – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन)युद्धको

इजरायलसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अर्थसंक्षेप : हिउँदे वर्षाले विद्युत र कृषि क्षेत्र प्रभावित, झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको

प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा