आज २०७८ फागुन २ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ फागुन २ गते सोमबारको राशिफल


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन २ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

मेष : आजको दिन राम्रै छ । व्यापार व्यवसायको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । अल्छी नगर्नुहोला । वादविवाद र विद्याको क्षेत्रमा सफलता मिल्ने योग रहेको छ । जोस र जाँगरका साथ काम गरेमा दोहोरा फाइदा हुनेछ । राजनीतिमा भने अगाडि नबढ्नुहोला ।

वृष : आजको दिन सामान्य राम्रो छ । बोलीको नियन्त्रण आफै गर्नुहोला । गणेश भगवान्को पूजा गर्नाले सबै दोष मुक्त हुने योग रहेको छ । अरु क्षेत्र सामान्य रहनेछ ।

मिथुन : दिन राम्रो नै छ । शैक्षिक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । जोस जाँगर बढ्नेछ । राजनीति क्षेत्रमा साथीभाइबाट साथ मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । उत्तर क्षेत्रको यात्रा गर्नु राम्रो हुन्छ । उच्च विचारको सृजना  हुनेछ । वैदेशिक क्षेत्रको नतिजा प्राप्त हुनेछ । सफलताको योग छ ।

सिंह : दिन सामान्य रहेको छ । पठनपाठनमा राम्रो छ । परीक्षाको तयारीमा हुनुहुन्छ भने सफल हुने योग छ । बोलीमा कटुताका कारण वादविवाद हुनेछ । सम्हालिएर बोल्नुहोला ।

कन्या : दिन सामान्य छ । दाजुभाइसँग टाढिएको सम्बन्ध सुधार हुने छ । त्यसका लागि प्रयास गर्नुहोला । पैतृक सम्पत्तिको हिस्साबाट सन्तोषजनक कामको थालनी हुनेछ ।

तुला : दिन निकै राम्रो छ । सामाजिक, राजनीतिक क्षेत्र सामान्य यावत रहे पनि धार्मिक क्षेत्र राम्रो छ । सूर्यलाई अर्घ दिएर कामको थालनी गर्नुहोला । पठनपाठनमा जाँगर चल्ने योग छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त गर्न सकिनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । खुसी मिल्नेछ । वैदेशिक क्षेत्रबाट शुभ समाचार सुन्न पाइन्छ । श्रमको लगानी उठ्नेछ । सवारी चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

धनु : दिन राम्रै छ । बोलीको प्रभावले समस्याको समाधान हुनेछ । परोपकारको योग छ । वैदेशिक क्षेत्रको लगानीमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ । स्वास्थ्य सामान्य देखिन्छ ।

मकर : दिन राम्रो छ । आफूभन्दा ठूला मानिसबाट प्रशंसा पाइनेछ । आर्थिक क्षेत्रमा फसेको लगानी उठ्नेछ ।

कुम्भ : दिन राम्रो छ । स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र सामान्य रहे पनि धार्मिक क्षेत्र राम्रो रहेको छ । खुसी मिल्ने योग छ । लगानीले उत्साह ल्याउनेछ । आफ्नो कामको लागि आफै अगाडि सर्नुपर्ने योग रहेको छ ।

मिन : दिन निकै राम्रो छ । अशुभ ग्रहले समेत शुभ फल प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । सबै राम्रो भएपनि सवारी साधन चलाउँदा सतर्कता अपनाउनुपर्ने देखिन्छ । यात्रा गर्दा सतर्कता अपनाउनुहोला ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : ५० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु