भिजिट भिसा : दुबईको चोकचोकमा नेपाली अलपत्र (भिडियोसहित ) « Khabarhub

भिजिट भिसा : दुबईको चोकचोकमा नेपाली अलपत्र (भिडियोसहित )



दोहा – त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्‍याइएको पिडितहरुले बताएका छन्  ।

पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका विवेक परियारले म्यानपावरले भनेको कम्पनीमा काम गर्न नपाएको गुनासो गरेका छन्।’अहिले हाम्रो सबै भिसा ओभरस्टे भैसक्यो, हामीसँग एक पैसा पनि छैन अब कहाँ जाने के गर्ने भन्ने चिन्ताले सताई रहेको छ।’ परियारले सुनाए ।

१४ महिनादेखि अलपत्र अर्का पीडित सिन्धुपाल्चोकका आस्लाम तामाङलाई पनि अर्को राम्रो काम लगाइदिन्छु भने रकम लिएको तर अहिलेसम्म कुनै काम नदिएको बताइएको छ ।

‘हामीलाई खानाको पनि समस्या छ । एक महिना अघि ‘हामी नेपाली हाम्रो नेपाल’ टिमले उपलब्ध गराएको थियो, अहिले भारतीय लगायत अन्य देशका नागरिकहरूले कसैले चामल कसैले दाल किनी दिन्छ ,’ आस्लामले खबरहबसँग भने, ‘यहाँ अब त बस्ने कोठा पनि छोडेर जा भनिरहेको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आफूहरूलाई उद्धार गर्ने आश्वासन दिए पनि अहिलेसम्म केही केही पहल नभएको अर्का पीडितले बताए ।  आफूहरूले मन्त्रालयको सचिवालयले उपलब्ध गराएको नम्बरमा पनि गुनासो गरेको र त्यहाँबाट पनि कुनै सुनवाइ नभएको बताए।

आफूहरूलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

पछिल्लो समयमा भिजिट भिसामा तथा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढेपछि श्रम, मन्त्रालयले विदेशमा समस्यामा भोगेकाहरुले सरकारसमक्ष राख्न २४ घण्टा नै सीधै टेलिफोन वा आधुनिक म्यासजिङ एपमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्ने व्यवस्था गरेको भनेता पनि गुनासो सुन्ने तर, समस्या समाधान गर्न भने कुनै पहल नगरेको पीडितहरूले बताउने गरेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : २९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना