‘तिमी कसको’ चलचित्रको ८० प्रतिशत छायाङ्कन « Khabarhub

‘तिमी कसको’ चलचित्रको ८० प्रतिशत छायाङ्कन


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – नेपाली कथानक चलचित्र ‘तिमी कसको’ को छायाङ्कन सकिएको छ । तेह्रथुमको पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायाङ्कन सम्पन्न भएको बताइएको छ । माघको दोस्रो हप्ताबाट छायाङ्कन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौँ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।

दि पाल्म ग्रुप फिल्म्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको चलचित्र तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे,सुजेपु तिनछाँगे झरना लगायत विभिन्न स्थानहरूमा छायाङ्कन भएको छ ।

चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट’ दिइरहेका थिए ।  देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन ।

चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायाङ्कनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचित्रमा अर्जुन थापाको पटकथा र संवाद छ ।

चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालीगुराँस नगरपालिका-९ सोल्मा काडेका मिर्गौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । चलचित्र नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ३० बजे

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजे सुरु हुने, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित

काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  आजको

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा