एमाले संसदीय दलको बैठक जारी, सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाअभियोग लगाउनेबारे छलफल « Khabarhub

एमाले संसदीय दलको बैठक जारी, सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाअभियोग लगाउनेबारे छलफल


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक शुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सुरू भएको बैठकमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध लगाएको महाअभियोगको सामना गर्नेबारे निर्णय गर्ने जनाइएको छ।

एमालेले हिजै प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ। संसदीय दलको बैठकले सर्वोच्च अदालतका अन्य न्यायाधिसहरुमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्ने समेत निर्णय गर्ने जनाइएको छ।

हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा सभामुख अग्नी सापकोटासहित सर्वोच्च अदालतका कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईलाई समेत महाअभियोग लगाएर काउण्टर गनुपर्नेबारे छलफल भएपनि संसदीय दलको बैठकबाट निर्णय गर्ने निष्कर्ष निकालिएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ०३ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत