एमसीसीबारे एकीकृत धारणा ल्याउन गठबन्धनलाई एमालेको सुझाव « Khabarhub

एमसीसीबारे एकीकृत धारणा ल्याउन गठबन्धनलाई एमालेको सुझाव


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता तथा अध्यक्ष केपी ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताएका हुन् ।

‘बैठकमा सांसदहरूले महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टीको धारणा आउनुपर्ने बताउनुभयो । उहाँहरूको कुरा सुनेपछि अध्यक्ष ओलीले गठन्धनको एकीकृत धारणा आउनुपर्ने बताउनुभयो,’ प्रमुख सचेतक विशाल भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनको एकीकृत धारणा नआउँदासम्म एमाले पर्ख र हेरको अवस्थामा बस्छ ।’

एमसीसीकाबारेमा सत्तारुढ गठबन्धनआवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : २२ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा