लमजुङमा आलु उत्पादन बढ्यो « Khabarhub

लमजुङमा आलु उत्पादन बढ्यो


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ ।

त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ ।

जिल्लामा मुख्य गरेर कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलुखेती गर्ने गरिएको किसानको भनाइ छ । केन्द्रका अनुसार जिल्लाका सबै पालिकाका कृषक, कृषक समूहले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।

कृषिज्ञान केन्द्रले कृषकका लागि आलुखेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण आलु उत्पादनसम्बन्धी तालिम, आलुमा लाग्ने रोगका किरा नष्ट पार्ने औषधि वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी रेग्मीले बताए । उनका अनुसार जिल्लामा उत्पादिन आलु मनाङलगायतका जिल्लामा समेत पुग्ने गर्दछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : १५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल