जाजरकोटका बलरामसँग रेखा थापाको कोर्ट म्यारिज « Khabarhub

जाजरकोटका बलरामसँग रेखा थापाको कोर्ट म्यारिज


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी छिन् ।

एक वर्षदेखि एकापसमा चिनजान गरेका यो जोडीले दुई साता अघि ‘कोर्ट म्यारिज’ गरेका हुन् ।

रेखाका अनुसार उनीहरुले दुवै परिवारको सहमतिमा कोर्ट म्यारिज गरेका हुन् । बलराम र रेखाको उमेर अन्तर दुई वर्षको छ ।

रेखा ३८ वर्षकी भइन् भने बलराम ४० पुगिसकेका छन् । इजरायलमा बस्दै आएका बलराम पर्यटन व्यवसायी हुन् ।

अभिनेत्री रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।

१० वर्ष अघि छविसँग सम्बन्धविच्छेद गरेपछि उनी आमाका साथ मित्रपार्कमा बस्दै आएका थिइन् । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा पाइला चालेकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २७ बजे

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्य : भेनेजुएला

काराकास– भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्‍याउँदै भ्रातृत्व,

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ ।

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार

काठमाडौं– बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को