पश्तुन तहफुज आन्दोलनद्वारा पाकिस्तानी सेनाविरुद्ध खैबर पख्तुनख्वामा विरोध « Khabarhub

पश्तुन तहफुज आन्दोलनद्वारा पाकिस्तानी सेनाविरुद्ध खैबर पख्तुनख्वामा विरोध


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा, पेशावर उच्च अदालतको रिहाइ आदेशको समर्थन गर्दै पाकिस्तानको सैन्य अदालतले सजाय दिएका व्यक्तिका परिवारहरू र आफन्तहरुले विरोध गरेका छन्

पाकिस्तानमा मानव अधिकारमा आधारित प्रतिरोध आन्दोलन पश्तून तहफुज आन्दोलनले आफ्नो ट्विटर ह्यान्डलमार्फत पाकिस्तानी सेनाविरुद्ध आन्दोलन गरिएको जानकारी दिएको हो।

भर्खरैको घटनामा, बुधवार, पीटीएमका सदस्यहरूले बलुचिस्तानको किल्ला सैफुल्ला जिल्लाहरूमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका थिए र सेनाले शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध क्रूरतापूर्वक मेसिन गनहरू प्रयोग गरेकोसमेत बताइएको छ।

यो आन्दोलनले बलुचिस्तानमा राज्यको नीतिको आलोचना गरेको छ र सेनाले गरेको चरम मानवअधिकार उल्लङ्घनको अनुसन्धानको माग गर्दै पाकिस्तानी सेना जिहादी भएको आरोप लगाइएको छ।

शान्तिपूर्ण माध्यमबाट हुने आन्दोलनमा राज्य प्रायोजित हिंसा र चरमपन्थ विरुद्ध आवाज उठाउन जारी राखिनेसमेत आन्दोलनले जनाएको छ। पीटीएमले बलुचिस्तानको झोब जिल्लामा भएको गोलीबारीको घटनामा आक्रोश व्यक्त गर्न पेशावर प्रेस क्लब बाहिर विरोध प्रदर्शन गरेको छ।

पाकिस्तानी सेनाले नै नागरिकलाई त्रसित बनाउन थालेको भन्दै पाकिस्तान सरकारको पनि चर्को आलोचना गरिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ५६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क