घाइते सैनिकलाई भेट्न अस्पताल पुगेका जेलेन्स्कीले सेल्फी पनि खिचाए « Khabarhub

घाइते सैनिकलाई भेट्न अस्पताल पुगेका जेलेन्स्कीले सेल्फी पनि खिचाए


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा घाइते भएका सैनिक भेट्न अस्पतालको भ्रमण गरेका छन् । युक्रेनको रक्षामन्त्रालयले जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेको जनाएको हो ।

यद्यपि उनले भ्रमण गरेको अस्पतालको पहिचान भने गोप्य राखिएको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति जेलेन्स्कीले उपचार गराइरहेका सैनिकहरुसमक्ष पुगी उनीहरुको गुनासो र अवस्थाबारे जानकारी लिएको देखिन्छ । जेलेन्स्कीले घाइते सैनिकलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।

केही घाइते सैनिकले उनीसँग सेल्फी पनि खिचिरहेको भिडियोमा देखिन्छ । साथै भ्रमणका क्रममा जेलेन्स्कीले सैनिक एवम् अस्पतालका कर्मचारी तथा चिकित्सकलाई तक्मा र विभूषण समेत प्रदान गरेको जनाइएको छ ।

सैनिकहरुलाई उनले ‘युक्रेनको रक्षक’ विभूषण प्रदान गरेको अमेरिकी अनलाइन समाचार पोर्टल एक्सिओसले जनाएको छ । रुसी आक्रमणसँगै युक्रेनभर भिषण लडाईं भइरहेका बेला जेलेन्स्कीले घाइते सैनिकलाई भेट्न अस्पतालको भ्रमण गरेका हुन् ।

(एक्सिओस र बीबीसीबाट)
 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ०८ बजे

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने