हुम्लाका राजनीतिक दलहरू स्थानीय तहको चुनाव तयारीमा  « Khabarhub

हुम्लाका राजनीतिक दलहरू स्थानीय तहको चुनाव तयारीमा 


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- सरकारले वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदै हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गर्न थालेका छन् ।

जिल्लाका मुख्य राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लगायतले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरेका छन् ।

ती दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा रहेका प्रत्येक वडा तथा पालिकास्तरमा आमसभा, कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार, घरदैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाली काँग्रेस हुम्लाले आइतबारदेखि घरघर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानका साथ घरदैलो कार्यक्रमको रुपमा  गाउँ केन्द्रित भएको छ ।

नेकपा एमाले हुम्लाले दक्षिणका ताँजकोट, अदानचुली गाउँपालिकामा वृहत आमसभा सम्पन्न गरेर चङ्खेली गाउँपालिकामा लागेको छ ।

एमालेले सातवटै गाउँपालिकामा वृहत आमसभा सञ्चालन गर्ने भएको छ भने हाल दुई पालिकामा यो कार्यक्रम सम्पन्न गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र हुम्लाले जसपासँग समायोजनदेखि जिल्लाका विभिन्न पालिकामा सङ्गठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारिरहेको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीले केही दिन अघिदेखि दक्षिणभेगमा रहेका गाउँपालिकामा चुनाव लक्षित आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हुम्लाका सबै राजनीतिक दलले कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा जुट्न आग्रहसमेत गर्दै आइरहेका छन् । अन्य समय सहर केन्द्रित हुने जिल्लाका नेता तथा जनप्रतिनिधि स्थानीय तह चुनावको मिति तय भएसँगै यतिबेला चुनाव जित्न जनतासँग भोट माग्न व्यस्त छन् ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ०९ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट