नेपालमा हेलिकप्टर उद्धारमा घोटाला : यात्रुलाई सतर्क रहन आग्रह « Khabarhub

नेपालमा हेलिकप्टर उद्धारमा घोटाला : यात्रुलाई सतर्क रहन आग्रह


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको ट्राभल इन्सुरेन्स कम्पनी ट्रियु ट्राभलरले हिमाल तर्फ पदयात्रा जाने यात्रुलाई सचेत रहन आग्रह गरेको छ ।

नेपालमा हेलिकप्टर घोटाला सम्बन्धि समाचार सन् २०१८ मा बाहिर आएको थियो । त्यतिबेला अर्न्तराष्ट्रिय समाचार संस्था तथा सिएनएन‚ बीबीसी लगायत अर्न्तराष्ट्रिय मिडियामा प्राथमिकतासाथ समाचार प्रकाशित भएका थिए ।

यस विषयलाई केन्द्रित गर्दै उक्त कम्पनीले कम्पनीबाट ट्राभल पोलिसी लिएका नेपाल यात्रामा आउन लागेका आफ्ना यात्रुलाई सचेत गराएको‚ वन्डरलस्टले लेखेको छ । खानामा विषादी प्रयोग गरी यात्रुलाई बिरामी पारी हेलिकप्टर उद्धार गर्न बाध्य पार्ने तथ्य बाहिर आएको थियो ।

बीमा कम्पनीले विदेशी पर्वतारोहीहरूलाई लक्षित गरि सगरमाथा आधार शिविर पदयात्रामा जानेलाई सावधान रहन आग्रह गरेको छ ।

ट्रियु ट्राभलरका प्रबन्ध निर्देशक टिम रिलेले “महामारीपछि अन्तर्राष्ट्रिय साहसिक यात्रामा फर्केका मानिसहरू र नेपाल ट्रेकिङ सिजन नजिकिँदै गर्दा‚ म नेपालमा अनियमित हेलिकप्टर उद्धारमा हुने घोटालामा सम्भावित चोटपटक वा मृत्युको बारेमा चिन्तित छु भनेका छन् ।

“केही वर्ष अघिको नेपाल सरकारको अनुसन्धानले धेरै पदयात्रीहरूलाई गाईडहरूले धेरै चाँडो उचाइमा पुर्‍याई एक्यूट माउन्टेन सिकनेस (लेक लाग्नु) बाट पीडित बनाएका थिए भने विषाक्त खाना खुवाएर उनीहरू बान्ता र पखालाको कारण बिरामी बनाएका थिए ।

उक्त अनुसन्धानले कमिशनको लागि गाइड तथा ट्राभल तथा ट्रेकिङ्ग कम्पनीले हेलिकप्टर उद्दार गर्न बाध्य पार्ने गरेको तथ्य बाहिर ल्याएका थिए । जसले गर्दा विदेशी पदयात्रा गर्ने पर्यटनको बिदा बर्बाद हुनुको साथै धेरै गम्भीर रोग वा मृत्यु पनि हुन सक्ने आकँलन गरेका थिए ।

टिमले भने‚ ‘उद्धारको लागतको बारेमा मात्र नभई तर त्यो भन्दा बढी बिदाको उपयोग नहुने हुँदा लामो समयको लागि छुट्टी बनाउनेलाई असर गर्न सक्छ। राम्रो गुणस्तरका अन्तर्राष्ट्रिय ट्रेकिङ कम्पनीहरूसँग धेरै कम हेलिकप्टर उद्धार हुने भए पनि एभरेष्ट बेस क्याम्पसम्मको पदयात्रा आधा भन्दा सस्तो मूल्यमा प्याकेज बेचेर प्रलोभनमा पारि हेलिकप्टर उद्दार गर्ने गरेका छन् ।

सन् २०१९ मा ट्रियु ट्राभलरबाट ट्राभल पोलिसि लिएका पर्यटनबाट ३९ ओटा हेलिकप्टर उद्धारको भएको थियो । त्यसमध्ये अधिकाशं पर्यटनको लेक लागेर उद्धार गरिएको थियो ।(वन्डरलस्टबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : १४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम