तालिबानप्रतिको उदारताले खतरा निम्त्याउँछ : पूर्व अफगान मन्त्री « Khabarhub

तालिबानप्रतिको उदारताले खतरा निम्त्याउँछ : पूर्व अफगान मन्त्री


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानकी पूर्वमन्त्रीले तालिबान प्रतिको उदारताले खतरा निम्त्याउने चेतावनी दिएकी छिन् । युरोपियन फाउण्डेशन फर साउथ एसियन स्टडिजसँगको अन्तरवार्ताका क्रममा अफगानिस्तानकी पूर्व पेट्रोलियम तथा खानी मन्त्री नरगिस नेहनले यस्तो बताएकी हुन् ।

तालिबानप्रति उदार व्यवहार गर्नाले विश्वका अन्य क्षेत्रमा पनि अतिवादी समूहलाई फाइदा पुग्ने उनको भनाइ छ । अहिले सत्तामा आएको नयाँ तालिबान पुरानो तालिबानभन्दा खतरनाक रहेको बताउँदै उनले यसले समकालीन अफगानिस्तानका मिडिया, राजनीतिक अभियानकर्मी र सुरक्षा फौजका पूर्व सदस्यहरुको भविष्य खतरामा पारेको बताइन् ।

हाल राजनीतिक शरणार्थीको रुपमा नर्वेमा बसोबास गर्दै आएकी उनले तालिबानको शासनमा अफगानिस्तानमा महिलाको अवस्था पनि भयावह हुने चेतावनी दिइन् । सन् २०१७ मा मन्त्री नियुक्त गरिएकी उनले सन् २०१९ मा राजीनामा दिएकी थिइन् ।
 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १८ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४