बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन « Khabarhub

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली-सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ।

नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो ।

सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन् । स्थानीय रोजिता थापा र लक्ष्मी पचभैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल नम्बर ३२ रक्तकाली गणका प्रमुख विमल डाँगीले खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । विपद् उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक करण धामी र गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गरेका छन् ।

आज बिहानबाट गोताखोर र विपद् उद्धार टोली परिचालन गरिएको हो, हालसम्म बेपत्तालाई फेला पार्न सकिएको छैन”, गणका प्रमुख डाँगीले भने ।  गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ ।”

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित