भारतको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी परियोजनाको उद्घाटन « Khabarhub

भारतको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी परियोजनाको उद्घाटन


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजना सञ्चालनमा आएको छ ।

भारतको सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा खानेपानी आपूर्ति परियोजना निर्माण गरिएको हो ।

परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारीलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यो परियोजनामा निर्माण गरिएको हो ।

यो परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार, विद्यालय, अस्पताल, सरकारी कार्यालय र पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ३० बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित