जसपाले गठन गर्‍यो तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वार्टर) « Khabarhub

जसपाले गठन गर्‍यो तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वार्टर)


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय हेडक्वार्टर गठन गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।

 पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वार्टरले आवश्यक निर्णय गर्नेगरी हेडक्वार्टर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए । ।    

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ । 

कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ को उम्मेद्वार चयन लगायत मापदण्ड पारित गरेको छ । समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ ।

जसपाको बैठकले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ ।

पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : ३० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर