वर्ष बदलिएँ हर्ष बढेन, पात्रो फेरियो जीवनस्तर उस्तै रह्यो : पूर्वराजा ज्ञानेन्द्र « Khabarhub

वर्ष बदलिएँ हर्ष बढेन, पात्रो फेरियो जीवनस्तर उस्तै रह्यो : पूर्वराजा ज्ञानेन्द्र


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको बताएका छन् ।

‘चर्का नारा र आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन, यो चिन्ताको विषय हो ।’ नयाँ वर्ष २०७९ को अवसरमा पूर्वराजा शाहले जारी गरेको  शुभकामना सन्देशमा भनिएको छ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ।’, सन्देशमा भनिएको छ, ‘नेपालीको घर–घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको गुनासो छ।’

गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो भन्दै पूर्वराजा शाहले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने औँल्याएका छन्।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ०४ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन