भक्तपुरको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइयो « Khabarhub

भक्तपुरको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइयो


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइएको छ ।

विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं:द्‍योलाई योसिंख्योमा उभ्याउने गरिन्छ ।

तर मध्यरातिसम्म योसिं:द्‍योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो ।

५५ हाते योसिं:द्‍योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीकस्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ ।

त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ ।

जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरू नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ ।

यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजासमेत भन्ने गरिन्छ ।

यी ध्वजाहरू फुकाएपछि एउटा सम्वत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ ।

लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतीक मानिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : १४ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी