निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह (भिडियोसहित) « Khabarhub

स्थानीय तह निर्वाचन

निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह (भिडियोसहित)


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूका नेताहरूसँग आग्रह गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोमा आयोगको ध्यानाकर्षण भएको भन्दै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । 

त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थानमध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृतलगायतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए । 

उनले जुन पार्टीको चुनाव चिह्नबाट टिकट पाउने हो, उम्मेद्वार पनि सोहि दलको हुने मान्यता आयोगले राख्ने स्पष्ट पारे ।

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन ई–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ३० बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा