मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति « Khabarhub

मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति

लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको तर्फबाट एकजना मात्रै प्रतिनिधि राख्ने विषयप्रति काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन् ।

सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै उनले सबै पक्षका प्रतिनिधि बराबर राख्नुपर्ने धारणा राखेका हुन् ।

‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ’, बालेनले फेसबुकमा लेखेका छन्, ‘उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन। हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ।’

शाहले दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदैछ ? भनेर प्रश्नसमेत गरेका छन् । स्वतन्त्र आफैमा फरकफरक विचार, समूह र उम्मेदवार भएको उनको दाबी छ।

बालेनले थप प्रश्न गर्दै भनेका छन्, ‘पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँच जनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।’

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ०७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति