नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी « Khabarhub

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिएका छन् ।

उनका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन् । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : १७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण