म्याग्दीमा धौलागिरि गाउँपालिकाबाहेकका स्थानीय तहमा मतगणना जारी « Khabarhub

म्याग्दीमा धौलागिरि गाउँपालिकाबाहेकका स्थानीय तहमा मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।

जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका–१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गरेका हुन् ।

यसैगरी जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन ।

कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा कूल मतदातामध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एकजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३७५ मतदाता थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २३७ पदको लागि ७१८ जना उम्मेदवार चुनावमा उठेका छन् ।

जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिकरुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उनले बताए । ‘अनुमान गरेभन्दा पाँच–सात प्रतिशत बढी मत खसेको छ’, प्रमुख घिमिरेले भने ।

यसैबीच बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि मात्रै मतगणना हुने जनाइएको छ । त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : १८ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने