बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो | Khabarhub Khabarhub

बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइकल लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।

बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गालाई पञ्चकोटसँग जोड्नका लागि २०७७ सालमा साइकल लेनको अवधारणा ल्याइएको थियो । सुरुको दुई वर्ष साइकल लेन बनाउन बजेट समेत गण्डकी प्रदेशले विनियोजन गरेको थियो । अहिलेसम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसके पनि बजेट अभावले काम रोकिएको छ ।

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा आएको छ । उक्त गन्तव्यलाई नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको पञ्चकोटसँग जोड्नका लागि नौ किलोमिटर साइकल लेन बनाउने र साहसिक पर्यटकलाई जङ्गलको बाटो पञ्चकोट हुँदै बेलढुङ्गा पु¥याउने लक्ष्यका साथ निर्माण थालिएको साइकल लेन तीन वर्षयता अघि बढ्न नसकेको काठेखोला गाउँपालिका–३ स्थित बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले जानकारी दिए ।

‘दुई चर्चित पर्यटकीय गन्तव्य बेलढुङ्गा र पञ्चकोट जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा साइकल लेन निर्माण गर्न गण्डकी प्रदेश सरकारले २०७७ साल र २०७८ सालमा रु ४० लाख बजेट विनियोजन गरेको थियो, उक्त बजेटबाट बेलढुङ्गामा पर्यटकीय पूर्वाधारसहित दुई किमि साइकल लेन निर्माण गरिएको थियो’, श्रीसले भने, ‘दुई किमि साइकल लेनमध्ये चार सय मिटर साइकल लेन पक्की बनाइएको छ भने दुई सय मिटरमा स्लेट ढुङ्गा छापेर चिटिक्क बनाइएको छ, तीन वर्षयता साइकल लेन बनाउन कसैको नजर परेको छैन ।’

बागलुङ–६ पञ्चकोट र काठेखोला–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरे पनि दुई किमिमै रोकिएको हो । बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको थियो ।

बागलुङ नगरपालिका–६ स्थित पाँच कोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरी साइकल लेन बनाउने अवधारणा ल्याइएको थियो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत पुग्न सक्ने गरी पञ्चकोटलाई बेलढुङ्गा जोड्ने अभियानमा ठेस पुगेको श्रीसको भनाइ छ ।

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट पञ्चकोटतर्फ साइकल लेन निर्माण थालिएको थियो । साइकल लेन पूरा गर्न दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । सडक सञ्जालले पर्यटकीय पदमार्ग मासेको समयमा पैदलयात्री र साइकल चलाउन मिल्ने गरी निर्माण थालिएको पदमार्गले गति लिन नसकेको हो ।

बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत चार घण्टामै बेलढुङ्गा आउने गरी चार फिट चौडा साइकल लेन निर्माण थालिएको थियो ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड देखिने बेलढुङ्गा पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्य बनेपछि पाँच वर्षअघि धम्जाको ओख्लेमा सामुदायिक घरबास सञ्चालनमा आएको छ ।

साउनयता दुई सय ५० जना पर्यटक घरबासमा आइसकेका छन् । बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित यही वर्षबाट देउरालीमा घरबास सञ्चालनमा ल्याइएको स्थानीय हिमाल सागर श्रेष्ठले बताए । पूर्वाधार निर्माणमा सहयोग आए बलेढुङ्गामा आन्तरिक पर्यटक उल्लेख्य भित्रन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४३ बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको