युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’ « Khabarhub

युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ ।‌ रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

रुसी फौजले शहरलाई रुसी कब्जामा जान मात्रै नभइ घेराबन्दीमा पार्नबाट समेत जोगाएको इन्स्टिच्युटले जनाएको छ ।

केही अपवादबाहेक धेरैजसो मोर्चामा रुसी फौजले युक्रेनी सेनाको प्रत्याक्रमणको सामना गर्ने प्रयत्न समेत नगरेको प्रतिवेदनमा उल्लेख छ ।

हाल युक्रेनी फौजको नियन्त्रण खार्किभभन्दा ४० किलोमिटर पूर्वमा रहेको सिभेर्स्की डोनेट्स नदीसम्म रहेको गार्जियनले जनाएको छ ।

रूसी फौजले खार्किभमा पराजय भोगेको खण्डमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको‌ युद्ध लक्ष्यमा ठूलो धक्का लाग्ने टिप्पणी गरिएको छ ।

रुसी भाषीको बाक्लो बसोबास रहेको तथा रूसी सीमाबाट केबल ५० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा रुसी सैनिकले सहजै कब्जा गर्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २३ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर