युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’ « Khabarhub

युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ ।

युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ ।‌ रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

रुसी फौजले शहरलाई रुसी कब्जामा जान मात्रै नभइ घेराबन्दीमा पार्नबाट समेत जोगाएको इन्स्टिच्युटले जनाएको छ ।

केही अपवादबाहेक धेरैजसो मोर्चामा रुसी फौजले युक्रेनी सेनाको प्रत्याक्रमणको सामना गर्ने प्रयत्न समेत नगरेको प्रतिवेदनमा उल्लेख छ ।

हाल युक्रेनी फौजको नियन्त्रण खार्किभभन्दा ४० किलोमिटर पूर्वमा रहेको सिभेर्स्की डोनेट्स नदीसम्म रहेको गार्जियनले जनाएको छ ।

रूसी फौजले खार्किभमा पराजय भोगेको खण्डमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको‌ युद्ध लक्ष्यमा ठूलो धक्का लाग्ने टिप्पणी गरिएको छ ।

रुसी भाषीको बाक्लो बसोबास रहेको तथा रूसी सीमाबाट केबल ५० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा रुसी सैनिकले सहजै कब्जा गर्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी