भक्तपुरमा नेमकिपाको अग्रता कायमै | Khabarhub Khabarhub

भक्तपुरमा नेमकिपाको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिएका छन्।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४३३, नेकपा (एमाले) का रविन्द्र लाछिमस्युले ३७१, नेकपा (माओवादी केन्द्र) का तुल्सीभक्त सुवालले १४४ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले ३०४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेमकिपाका रजनी जोशीले तीन हजार ९९१, गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका ओमचरण अमात्यले २५२, नेकपाका इन्द्रमाया सुवालले १६५, नेकपा (एमाले)का रञ्जना चापागाई खबुजाकले ३९८ मत प्राप्त गरेको छ ।

वडाध्यक्षमा नेमकिपाबाट क्रमशः १, २, ३ मा १८४६, ६१६, १४९४ मत प्राप्त गरेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेसकाबाट ४२, ७८, २०६, एमालेबाट क्रमशः ३५४,११२,९२ र माओवादीबाट १९, ५१ र ५६ मत प्राप्त गरेको छ ।रासस

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर