गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी « Khabarhub

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी  छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ४ लाङटाङको मतपेटीका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिएपनि पछिल्लो समय पैदल मार्गबाट नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भए अनुसार आज साढे ३ बजे मतपेटीका सदरमुकाम ल्याइएको हो ।

मतपेटीका सदरमुकाम धुन्चे स्थित मतगणनास्थलमा आइपुगे पश्चात सर्वदलिय बैठक बसी साँझबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । गाउँपालिकाको वडा नम्बर १ बाट मतगणनाको कार्य सुरु भएको छ । शुक्रबार भएको स्थानिय तहको निर्वाचनका लागि गाउँपालिकामा ४ हजार ७ सय ७३ मतदाताले मतदान गरेका थिए ।

त्यसैगरि जिल्लाका अन्य चार वटा गाउँपालिकामा समेत गएरातीदेखि नै मतगणनाको कार्य जारी रहेको छ । जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको