सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने « Khabarhub

सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

शनिबार गाउँपालिका कार्यालयमा बसेको सबै दलका उम्मेदवार, प्रतिनिधि, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले जेठ २ गते बिहान ७ बजेदेखि उक्त ठाउँमा मतदान गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यस्तै डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिरवा मतदान केन्द्रमा स्थगित भएको निर्वाचन पनि २ गते नै हुने भएको हो।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ५९ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६