स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय « Khabarhub

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ ।

स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ । तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो ।

निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।

जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् । जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको जनाएको छ । पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आँकलन गर्न निर्देशन दिएको छ ।

भिडियो प्रणालीबाट मतगणना अनुगमन

निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो—अनुगमनसमेत गरिरहेको छ । मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ (भीसीभीएमएस) प्रविधिबाट सो अनुगमन भइरहेको हो । तथ्याङ्क प्रविष्टीका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ ।

भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रिनसहित अलग्गै कक्षा स्थापना गरेको छ । उक्त प्रणालीमा एकै पटक सानो आकारमा ९६ वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिन्छ भने कुनै खास स्थलको जुम गरेर पनि हेर्न सकिन्छ । अहिलेसम्म ३३६ पालिकाका गणनास्थलमा यो प्रणाली जडान गरिएको छ ।

उक्त कक्षका टोली प्रमुख विवेक शर्माका अनुसार यस प्रकारको प्रणाली निर्वाचनका सन्दर्भमा नेपालमा पहिलो पटक लागू गरिएको हो । आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुले काठमाडौँका विभिन्न मतगणना स्थलको अनुगमन गरेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ४९ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको

रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी

दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट